२०८३ आश्विन २२
२०८३ आश्विन २२
बुटवल, २२ असोज । बुटवल–४ पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह आज सम्पन्न भएको छ। तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्था तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूको मेहनत र उपलब्धिको सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले तालिम अवधिमा हासिल गरेको ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्दै आगामी दिनमा केयरगिभर पेसामार्फत आफ्नो व्यावसायिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।सफल केयरगिभर तालिम केन्द्रका…
