बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र छठ पर्वलाई लक्ष्यीत गरेर आयोजना गरिएको मेलामा टिभिएसले जुनसुकै मोटरसाईकलको एक्सचेन्जमा अचम्मैको अफर ल्याएको हो । टिभिएसले यो चार्ड पर्वमा टिभिएसको गोल्डेन कि तपाईको हातमा अफर ल्याएको हो ।
महाएक्सचेन्ज मेला सय प्रतिशत क्यासब्याक, गोल्डेन कि, दश लाख उपहार पाउने योजनालाई ल्याएको बालाजी अटो मोवाईल्स बुटवलले जानकारी दिएको छ । एक्सचेन्ज मेलामा जानेहरुलाई पाँच वर्षको फ्रिसर्भिस, नागरिकता र लाईसेन्सको भरमा फटाफट फाईनान्स लगायतका योजनाहरु अगाडी सारेको कम्पनीले जनाएको छ । बुटवलको भाटभटेनीमा कार्तिक १५ देखि २२ गतेसम्म चल्ने महाएक्सचेन्ज मेलामा टिभिएसका मोटरसाईकल हेर्न, टेस्टड्राइभ गर्न र कम्पनीका बारेमा बुझ्न पाईने विशाल जैसवालले जानकारी दिनुभयो ।



