Skip to main content

Batauli News

Advertisement

टीभीएस अपाचे एआरई जीपि रेसिङको बिजेता बने धिरज बिक

Advertisement

बटौली न्यूज

बुटवल, १८ असोज । नेपालमा टीभीएस मोटर कम्पनीको, दुई पांग्रे र तीन पांग्रेका एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले तिलोत्तमा कफी कम्पनीमा अपाचे रेस एक्सपेरियन्स एआरई जीपि रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न भएको छ । बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित कार्यक्रममा क्षेत्रका उदीयमान राइडर, मोटर स्पोट्र्सप्रेमी तथा एमेच्योर रेसरहरूले व्यावसायिक रेस प्रशिक्षण र प्रतिस्पर्धात्मक रेसिङ पुरा भएको छ । एआरई जीपीका पुर्व विजेता सुजन थापा मगर र राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिनु भएको कार्यक्रममा सुरुवात राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

बुटवलमा भएको १६० सीसी वर्गको फाईनल प्रतिस्प्रर्धामा ३४.०७ सेकेन्डमा लक्ष्य पुरा गरि धिरज बि.क. एआरई जीपि रेसिङ बुटवलमा विजयी हुनु भएको छ । यस्तै ३४.६२ सेकेन्डमा लक्ष्य पुरा गरि अभिषेक पन्थी प्रथम उपविजेता र ३४.८७ मा लक्ष्य पुरा गरि अरिक श्रेष्ठ द्वितीय उपविजेता बन्नुभयो ।

यसैबीच प्रशिक्षणपछि मुख्य आकर्षणका रूपमा १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेस सम्पन्न भएको छ । बुटवलमा भएको १६० सीसी वर्गको फाईनल प्रतिस्प्रर्धामा ३४.०७ सेकेन्डमा लक्ष्य पुरा गरि धिरज बि.क. एआरई जीपि रेसिङ बुटवलमा विजयी हुनु भएको छ । यस्तै ३४.६२ सेकेन्डमा लक्ष्य पुरा गरि अभिषेक पन्थी प्रथम उपविजेता र ३४.८७ मा लक्ष्य पुरा गरि अरिक श्रेष्ठ द्वितीय उपविजेता बन्नुभयो । यी तीन राइडरले एआरई जीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका शीर्ष क्वालिफायर्ससँग प्रतिस्पर्धा गर्ने छन् ।

यसैबीच एआरई जिपी बुटवल क्वालिफायर्स सबै सहभागीलाई प्रमाणपत्र वितरण सहित सम्पन्न भएको हो ।  जसमार्फत ट्र्याकमा उत्रिएका प्रत्येक राइडरको कदर गरिएको थियो । कार्यक्रममा विजयीहरुलाई बधाई तथा सम्मान गर्दै बालाजी अटोमोबाइल्स, बुटवलका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलमा भएको प्रतिस्प्रर्धा राष्ट्रिय च्याम्पियनहरूकै रुपमा भएको बताउनुभयो । उहाँले प्रतिस्प्रर्धीले व्यावसायिक रेसरझैँ रेस गरेको उल्लेख गर्दै जगदम्बा मोटर्स र टीभीएससँग मिलेर बुटवलमा एआरई जीपी ल्याउन सफल भएको बताउनुभयो ।

ग्रान्ड फिनालेको महत्व पोडियमभन्दा धेरै माथि रहेको र १६० सीसी र २०० सीसी वर्गमा प्रथम स्थान हासिल गर्ने विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने उहाँले बताउनुभयो । त्यहाँ उनीहरूले ५० भन्दा बढी देशका राइडरहरूसँग प्रतिस्पर्धा गर्ने र त्यहाँ विजेता बनेका राइडरहरूले आफ्नो वर्गमा थप अन्तर्राष्ट्रिय रेसिङमा सहभागी हुने अवसर पाउने उहाँले जानकारी दिनुभयो । उक्त प्रतियोगिताकालागि यात्रा तथा आवासको सम्पूर्ण खर्च जगदम्बा मोटर्स (टीभीएस नेपाल) र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने समेत प्रबन्ध निर्देशक विशाल जैसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?