Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन १८

कांग्रेसको १५औँ महाधिवेशन सुरु : प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म संसद खुला नहुने सभापति थापाको भनाइ

कांग्रेसको १५औँ महाधिवेशन सुरु : प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म संसद खुला नहुने सभापति थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु भएको छ । संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उहाले बताउनु भएको हो । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्रै नभएको बताउनुभयो । नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाले स्मरण गर्नुभयो । ‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भन्नुभयोे, ‘यहाँ बसेर…
Read More
काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु

काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु

काठमाण्डौ । दशैँ–तिहार, छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु भएको छ । चाडपर्व मनाउन काठमाण्डौ उपत्यका छोड्ने क्रम शुरु भएसँगै प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल हुन थालेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दशैँ–तिहारलगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान छ । उहाँका अनुसार दशैँका लागि गाउँघर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्नेछ । यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले…
Read More
टीभीएस अपाचे एआरई जीपि रेसिङको बिजेता बने धिरज बिक

टीभीएस अपाचे एआरई जीपि रेसिङको बिजेता बने धिरज बिक

बुटवल, १८ असोज । नेपालमा टीभीएस मोटर कम्पनीको, दुई पांग्रे र तीन पांग्रेका एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले तिलोत्तमा कफी कम्पनीमा अपाचे रेस एक्सपेरियन्स एआरई जीपि रेसिङ क्वालिफायर्सको बुटवल चरण सम्पन्न भएको छ । बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित कार्यक्रममा क्षेत्रका उदीयमान राइडर, मोटर स्पोट्र्सप्रेमी तथा एमेच्योर रेसरहरूले व्यावसायिक रेस प्रशिक्षण र प्रतिस्पर्धात्मक रेसिङ पुरा भएको छ । एआरई जीपीका पुर्व विजेता सुजन थापा मगर र राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिनु भएको कार्यक्रममा सुरुवात राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोलसम्बन्धी प्रशिक्षण दिनु भएको थियो । बुटवलमा भएको १६० सीसी वर्गको…
Read More