Skip to main content

Batauli News

Advertisement

काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु

Advertisement

बटौली न्यूज

काठमाण्डौ । दशैँ–तिहार, छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु भएको छ । चाडपर्व मनाउन काठमाण्डौ उपत्यका छोड्ने क्रम शुरु भएसँगै प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल हुन थालेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दशैँ–तिहारलगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान छ । उहाँका अनुसार दशैँका लागि गाउँघर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्नेछ ।
यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक गाडीमा यात्रुको चाप थप बढेको बताउनुभयो । यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त गाडीहरु सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, गाडीको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत बढाएका छन् । यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?