बुटवल, २० असोज । रुपन्देहीको बुटवलमा पिस पोष्टर (शान्तिकालागि चित्रकला) प्रतियोगिता भएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी एरिया ४ अन्तर्गत रहेका तीनवटा विभिन्न क्लवले संयुक्त रुपमा प्रतियोगिता गरेका हुन् । लायन्स क्लब अफ सृजनसिल, लायन्स क्लब अफ शान्तिदीप र लायन्स क्लब अफ बुटवल बेस्टले बुटवल–१३ झोलेंगेपुलमा रहेको बेवि स्टार मन्टेश्स्वरीमा पीस पोस्टर कार्यक्रम गरेका हुन् ।
११ देखि १३ वर्ष उमेर समूहका बिद्यार्थी बालबालिकालाई लक्षितगरी आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले शान्ति र सद्भाव झल्किने विभिन्न सिर्जनात्मक चित्रहरू बनाएका थिए । बुटवल क्षेत्रका झण्डै एक दर्जन विद्यार्थीहरु सहभागि भएको प्रतियोगितामा शान्तिकालागि चित्रकला प्रतियोगितामा ग्लोरी स्कुलकी सारा मगर प्रथम, इडन बोर्डिङ स्कुलकी हेमा घर्ति द्वितीय र शुभतारा एकेडेमीकी वाइदा खातुन तृतीय भएको लायन्स क्लब अफ बुटवल बेस्टका अध्यक्ष गीता बन्जाडेले जानकारी दिनु भयो । लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर लायन सन्दीप कसौधनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै गर्भनर कसौधनले विद्यार्थीको चौतर्फि विकासकालागि चित्रकला उपयुक्त प्रतियोगिता भएको उल्लेख गर्दै साना नानीबाबुहरुलाई पर्यावरण, पर्यटन, शान्ति र सद्भावकालागि पिस पोष्टर कार्यक्रम फलदायि भएको बताउनुभयो । कार्यक्रममा डिस्ट्रिक्ट चिफ लायन बेदप्रसाद गैरे, बिमला न्यौपाने गैरे, एरिया चिफ कोर्डिनेटर लायन दीपक गौतम, जोन चियरपर्सन लायन विशाल पन्थी, लायन्स क्लब अफ बुटवल बेलबासका अध्यक्ष सरिता खनाल, लायन्स क्लब अफ शान्तिदीपका अध्यक्ष लक्ष्मीनारायण खनाललगायतले विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो । प्रतियोगितामा सचिन बन्जाडे र प्रविना बन्जाडेले निर्णायकको भुमिका निर्वाह गर्नु भएको क्लवले जनाएको छ ।



