२०८३ आश्विन २०
२०८३ आश्विन २०
काठमाडौं, २० असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ । असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ ।असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा…
