Skip to main content

Batauli News

Advertisement

यस वर्षको दशै कार्तिक ४ मा : उत्तम साइत बिहान १०ः२६ बजे

Advertisement

बटौली न्यूज

काठमाडौं, २० असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ । असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ ।असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ ।असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज ३१ गते शनिबार फूलपाती परेको छ । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ ।कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ ।कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ ।टीका लगाउने शुभसाइत बिहान १०ः२६ बजे रहेको छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ ।सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ ।कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?