Skip to main content

Batauli News

Advertisement

भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २० असोज । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०८३÷८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ । बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आँकलन छ ।कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ ।

पुनर्निर्माण तथा पुनस्र्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष २०८४÷८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।यसैबीच पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो । सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ । पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?