बुटवल । दशैंको अवसर पारेर बुटवलमा ‘TVS महा एक्सचेन्ज’ मेला आयोजना हुने भएको छ। टीभीएसको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्स बुटवलले बुटवल–८, भाटभटेनी सुख्खानगरमा असोज २२ गतेदेखि २८ गतेसम्म विशेष एक्सचेन्ज मेला आयोजना गर्न लागेको हो।
मेलामा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकलाई १० लाख रुपैयाँसम्म नगद छुट, १०० प्रतिशतसम्म क्यासब्याक तथा ‘गोल्डेन की’मार्फत आकर्षक उपहार जित्ने अवसर उपलब्ध गराइने जनाइएको छ। पुराना सवारीको मूल्यांकनका लागि ५० भन्दा बढी भ्यालुएटरको व्यवस्था गरिएको छ। साथै, नागरिकता तथा ड्राइभिङ लाइसेन्सका आधारमा सहज फाइनान्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। नयाँ टीभीएस सवारी खरिद गर्ने ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन्।
मेलामा टेस्ट राइड, गेम्स तथा फुड स्टललगायतका विभिन्न आकर्षणसमेत रहनेछन्। बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले दशैंको अवसरमा ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार पुरानो सवारी एक्सचेन्जदेखि नयाँ सवारी खरिदसम्म ग्राहकलाई सहज र आकर्षक सुविधा उपलब्ध गराइनेछ।
त्यस्तै, बालाजी अटोमोबाइल्सका बिजनेस हेड धनिराम भुसालले मेलामा ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याइएको बताउनुभयो। उहाँले एक्सचेन्ज, फाइनान्स, नगद छुट तथा क्यासब्याकसहितका योजनाबाट ग्राहक लाभान्वित हुने बताउनुभयो।
बालाजी अटोमोबाइल्सका डाइरेक्टर अभिनव थापाले ग्राहकलाई एउटै स्थानबाट एक्सचेन्ज, फाइनान्स, टेस्ट राइड तथा विभिन्न अफरको सुविधा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो।
मेलामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलहरू उपलब्ध हुनेछन्। असोज २२ देखि २८ गतेसम्म बुटवल–८, भाटभटेनी सुख्खानगरमा सञ्चालन हुने मेलामा ग्राहकले विशेष दशैं अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।



