बुटवल, २२ असोज । लायन्स क्लव अफ बुटवल शुभपाईलाले निःशुल्क आखाँ जाचँ शिविर तथा दन्त शिविर कार्यक्रम गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल शुभपाईलाले तिलोत्तमा भलवारीमा रहेको ब्रिटिस ग्रामर स्कुलमा आखाँ जाचँ शिविर तथा दन्त शिविर गरेको हो ।
शुभपाइलाका अध्यक्ष सन्जिवना आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रिक गर्भनर सन्दीप कसौधनले लायन्सले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले समाजमा सेवाभावका कार्यक्रमलाई लायन्सले निरन्तर गर्दै आएको उल्लेख गर्दै दन्त शिविर, आखाँ शिविर, समाजिक सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो ।
शुभपाईलाकी उपाध्यक्ष मोना कण्डेलको स्वागतमा भएको कार्यक्रममा युथ इन्टरपेनरसीप कोर्डिनेटर सविना श्रेष्ठ, एरिया चिफ दीपक गौतम, जोन चियर प्रशन कमला बस्नेत कुवर, क्लवका चार्टर्ड प्रेसिडेण्ट पुष्पा कण्डेललगायतले ब्रिटिस स्कुलमा गरिएको कार्यक्रमबाट विद्यार्थीले स्वास्थ्य सचेतनाबारे जानकारी र उपचार सेवा पाएको बताउनुभयो । कार्यक्रम संयोजक रोमा शर्माले संयोजन गर्नु भएको कार्यक्रममा ब्रिटिस स्कुलका १६० बढी विद्यार्थीले आफ्नो स्वास्थ्य लाभ लिएका थिए । कार्यक्रममा तिलोत्तमा आई केयर र बुद्ध सिटी डेण्टल प्रालिका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्राविधिक सहयोग गरेका थिए ।



