Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन २२

सफल केयरगिभरका दुई सयबढी विद्यार्थी दीक्षित

सफल केयरगिभरका दुई सयबढी विद्यार्थी दीक्षित

बुटवल, २२ असोज । बुटवल–४ पाल्पा रोडमा मुख्य कार्यालय रहेको सफल केयरगिभर तालिम केन्द्रको दीक्षान्त तथा प्रमाणपत्र वितरण समारोह आज सम्पन्न भएको छ। तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित समारोहमा तालिम पूरा गरेका २०० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।समारोहमा विद्यार्थी, अभिभावक, प्रशिक्षक, स्वास्थ्य संस्था तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तालिम पूरा गरेका विद्यार्थीहरूको मेहनत र उपलब्धिको सम्मान गर्दै उनीहरूको आगामी व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले तालिम अवधिमा हासिल गरेको ज्ञान, सीप तथा अनुभव प्रस्तुत गर्दै आगामी दिनमा केयरगिभर पेसामार्फत आफ्नो व्यावसायिक जीवन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।सफल केयरगिभर तालिम केन्द्रका…
Read More
लायन्स शुभपाईलाद्वारा निःशुल्क आखाँ तथा दन्त शिविर

लायन्स शुभपाईलाद्वारा निःशुल्क आखाँ तथा दन्त शिविर

बुटवल, २२ असोज । लायन्स क्लव अफ बुटवल शुभपाईलाले निःशुल्क आखाँ जाचँ शिविर तथा दन्त शिविर कार्यक्रम गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल शुभपाईलाले तिलोत्तमा भलवारीमा रहेको ब्रिटिस ग्रामर स्कुलमा आखाँ जाचँ शिविर तथा दन्त शिविर गरेको हो । शुभपाइलाका अध्यक्ष सन्जिवना आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रिक गर्भनर सन्दीप कसौधनले लायन्सले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले समाजमा सेवाभावका कार्यक्रमलाई लायन्सले निरन्तर गर्दै आएको उल्लेख गर्दै दन्त शिविर, आखाँ शिविर, समाजिक सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनुभयो । शुभपाईलाकी उपाध्यक्ष…
Read More