२०८३ भाद्र २३
२०८३ भाद्र २३
काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नवयुवा आन्दोलका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा कानूनमन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको बताउनुभयो । लोकतन्त्रमा पनि गएको भदौ २३ गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उल्लेख गर्नुभयो । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन…
