Skip to main content

Batauli News

Advertisement

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीका लागि झण्डै एक अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति

Advertisement

बटौली न्यूज

काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकको छाता सङ्गठनसँग सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो ।

शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभयो । उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपद्को समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।योजनाअनुसार विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा उपलब्ध गराइनेछ ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (एपिन) र मन्टेश्वरी एसोसिएसन नेपाल लगायतसँग सहकार्य गरिनेछ ।

त्यसैगरी, अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य हुनेछ । मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैरसरकारी संस्थाहरुसँग अपिल पनि गरेको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेका तथा नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?