Skip to main content

Batauli News

Advertisement

सोमबार राष्ट्रिय शोक मनाइने, मंगलबार सार्वजनिक बिदा

Advertisement

बटौली न्यूज

काठमाडौँ, १८ भदौ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने

त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट प्राप्त हुने पाँच ‘मिलियन’ अमेरिकी डलर अनुदान स्वीकार गरेको छ । बैठकले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराइने निर्णय गरेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिइएको छ ।

उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक रु १० लाख राहत उपलब्ध गराइने भएको छ ।

सराकरले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक रु १० लाख राहत उपलब्ध गराइने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...

यो पनि पढौँ

छुटाउनुभयो कि?