Skip to main content

Batauli News

Advertisement

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

Advertisement

बटौली न्यूज

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम साइतका रूपमा निर्धारण गरिएको हो । यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रवारदेखि शुरू हुनेछन् । २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ ।

कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ । त्यस्तै कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरू हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधवार यमद्वितीया तथा भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाको दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाउने तथा मखमली र सयपत्रीका माला पहिर्‍याउने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...

यो पनि पढौँ

छुटाउनुभयो कि?