Skip to main content

Batauli News

Advertisement

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

Advertisement

बटौली न्यूज

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोरङमा रहेको रिजाल क्यानिङ एन्ड कम्पनीको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी बिक्री गर्ने प्रक्रियामा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ । मुद्दा दायर भएका ९७ मध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।यो प्रकरण तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा गरेको जग्गा सट्टापट्टासम्बन्धी निर्णयसँग सम्बन्धित छ । अख्तियारका अनुसार २०६६ साल मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठक र पुस १६ गतेको सामाजिक समितिको निर्णयबाट जग्गा सट्टापट्टा गर्न स्वीकृति दिइएको थियो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा भएको मन्त्रिपरिषद्को निर्णय र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित सामाजिक समितिका पदाधिकारीहरूको भूमिकालाई अख्तियारले अभियोगको आधार बनाएको छ । सरकारी कार्यालयबाट सिफारिश गराउने, मन्त्रालयबाट प्रस्ताव अघि बढाउने तथा मन्त्रिपरिषद् र सामाजिक समितिबाट स्वीकृति दिलाउने प्रक्रियामा संलग्न पदाधिकारी तथा कर्मचारीमाथि पदको दुरुपयोग गरी सरकारी सम्पत्तिमा हानि पुर्‍याएको आरोप लगाइएको छ ।

तत्कालीन मन्त्री मीनेन्द्र रिजाल सामाजिक समितिका संयोजक रहेका बेला जग्गा सट्टापट्टासम्बन्धी प्रस्ताव समितिबाट अघि बढाउने प्रक्रियामा संलग्न रहेको आरोप छ ।मुद्दा दायर गरिएका ९७ जनामध्ये केही तत्कालीन निर्णय प्रक्रियामा संलग्न पदाधिकारी तथा कर्मचारी छन् भने केही विवादित जग्गा अहिले आफ्नो नाममा कायम रहेका जग्गाधनी छन् ।पूर्वप्रधानमन्त्री नेपालविरुद्ध यसअघि पनि काभ्रेको साँगामा पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...

यो पनि पढौँ

छुटाउनुभयो कि?