Skip to main content

Batauli News

Advertisement

आमा, छोरीको मनछुने कथा एलिफेन्ट्स इन द फग’: नायिका पुष्पा

Advertisement

बटौली न्यूज

  • कान्स जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा तपाईंले अभिनय गरेको चलचित्रले जुरी अवार्ड (पुरस्कार) जित्दा तपाईंलाई कस्तो अनुभूति भयो? त्यो क्षणलाई कसरी सम्झनुहुन्छ?

कान्समा हाम्रो चलचित्रले पुरस्कार जित्दा म निकै खुसी र भावुक भएकी थिएँ। आफूले पहिलोपटक अभिनय गरेको चलचित्र कान्सको आधिकारिक छनोटमा पर्ने र त्यहाँ पुगेर जुरी पुरस्कार जित्नेछ भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ। यो नेपाली चलचित्रका लागि नै इतिहास बनेको क्षण हो। पहिलोपटक नेपाली फिचर फिल्म कान्सको आधिकारिक छनोटमा पुग्नु र त्यसपछि जुरी पुरस्कार जित्नु हामी सबै नेपालीले गर्व गर्नुपर्ने उपलब्धि हो ।

नेपालको एउटा कथा संसारको ठूलो मञ्चमा पुगेर सम्मानित भएको क्षण थियो। त्यसैले यो सफलता मेरो मात्र होइन, सम्पूर्ण नेपाली चलचित्र क्षेत्र र नेपालकै गौरव हो।

त्यससँगै चलचित्रले Best Sound Creation पनि प्राप्त गर्नुले हाम्रो टिमले गरेको मेहनत र नेपाली चलचित्रको क्षमतालाई अझ फराकिलो रूपमा चिनाएको छ। मेरो लागि त्यो क्षण केवल एउटा कलाकारले पुरस्कार पाएको क्षण थिएन। नेपालको एउटा कथा संसारको ठूलो मञ्चमा पुगेर सम्मानित भएको क्षण थियो। त्यसैले यो सफलता मेरो मात्र होइन, सम्पूर्ण नेपाली चलचित्र क्षेत्र र नेपालकै गौरव हो।

  • चलचित्रमा तेस्रो लिङ्गी समुदायको प्रतिनिधित्व गर्ने भूमिका निर्वाह गर्दा तपाईंले कस्ता चुनौतीहरू सामना गर्नुभयो?

यस चलचित्रमा आमा छोरीको आत्मीय भुमिका छ, हात्तीको बिषय बस्तु पनि छ । मेरो लागि सबैभन्दा ठूलो चुनौती पहिलोपटक चलचित्रमा अभिनय गर्नु नै थियो। त्यसमाथि पिरतीजस्तो पात्रलाई भावनात्मक र न्यायपूर्ण रूपमा जीवन्त बनाउनुपर्ने जिम्मेवारी थियो। सानो गल्तीले पनि पात्र कृत्रिम वा सतही देखिन सक्छ भन्ने डर मनमा थियो।

त्यसैले कार्यशाला, पूर्व-अभ्यास र टिमसँगको निरन्तर छलफलमा मैले धेरै मेहनत गरेँ। आफ्नै समुदायका अनुभव, संघर्ष र भावनालाई पनि पात्र बुझ्न प्रयोग गरेँ। मेरो लागि पिरती केवल एउटा भूमिका थिएन, यो प्रतिनिधित्व, आवाज र अस्तित्वको कथा थियो ।

यो अन्तर्राष्ट्रिय सफलता तपाईंको व्यक्तिगत यात्रासँगै नेपालका तेस्रो लिङ्गी समुदाय र नेपाली चलचित्र क्षेत्रका लागि के अर्थ राख्छ?

मेरो लागि यो सफलता व्यक्तिगत उपलब्धिभन्दा धेरै ठूलो कुरा हो। हाम्रो चलचित्रले नेपाली फिचर फिल्मका लागि कान्सको इतिहासमा नयाँ अध्याय सुरु गरेको छ। पहिलोपटक नेपाली फिचर फिल्म कान्सको आधिकारिक छनोटमा पुग्यो, त्यसपछि जुरी पुरस्कार जित्यो र Best Sound Creation पनि प्राप्त गर्‍यो।

त्यसैले यो हामी कलाकार वा चलचित्रको टिमको मात्र सफलता होइन, सम्पूर्ण नेपालीको गर्वको विषय हो।

त्यसैले यो हामी कलाकार वा चलचित्रको टिमको मात्र सफलता होइन, सम्पूर्ण नेपालीको गर्वको विषय हो। हामीसँग पनि आफ्ना मौलिक कथा छन्, आफ्ना आवाज छन्, र ती कथाले विश्वका दर्शकलाई छुने क्षमता राख्छन् भन्ने यसले प्रमाणित गरेको छ।

हामीले भोगेका जीवन, संघर्ष, प्रेम, परिवार र पहिचानका कथाहरू विश्वको प्रतिष्ठित मञ्चमा पुगेका छन्।

मेरो लागि अझ महत्वपूर्ण कुरा के हो भने, यो उपलब्धिको केन्द्रमा किन्नर समुदायको कथा पनि छ। हामीले भोगेका जीवन, संघर्ष, प्रेम, परिवार र पहिचानका कथाहरू विश्वको प्रतिष्ठित मञ्चमा पुगेका छन्। यसले हाम्रो समुदायका मानिसहरूलाई पनि “हाम्रा कथा पनि संसारले सुन्न सक्छ” भन्ने आत्मविश्वास दिन्छ भन्ने मलाई लाग्छ। म चाहन्छु, यो सफलता एउटा सुरुवात बनोस्-नेपाली चलचित्रमा अझ धेरै विविध समुदायका कथा, नयाँ कलाकार र नयाँ आवाजहरू अगाडि आऊन्। कान्समा हाम्रो चलचित्रले इतिहास बनाएकोमा हामी सबै नेपालीले गर्व गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?