Skip to main content

Batauli News

Advertisement

इन्द्रेणी सहकारीको २८औँ साधारण सभा सम्पन्न

Advertisement

बटौली न्यूज

बुटवल, २१ भदौ । बुटवलको सुख्खानगर धर्मपथमा रहेको  इन्द्रेणी बहुउद्देश्यीय   सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । इन्द्रेणीले आगामी वर्षलाई उत्पादनसँग जोड्ने वर्षका रुपमा लिने गरि सदस्य  केन्द्रीत उत्पादनमुलक कार्यक्रम गर्ने र शेयर सदस्यहरुलाई आर्थिकोपार्जनमा जोड्ने कार्यक्रम ल्याउने प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान अध्यक्ष डा. खगराज शर्माले सहकारीलाई सिद्धान्त अनुसार नै संचालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै डा. शर्माले सहकारी संस्था सदस्यको आर्थिक तथा सामाजिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै सहकारीका परिवर्तित कानुन, ऐन–नियम बुझ्दै शेयर सदस्यको जिम्मेवारी तथा सहकारीलाई समयानुकूल व्यवसायीकरण गर्दै लैजानुपर्ने आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो । उहाँले सहकारीप्रतिको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र सदस्यकेन्द्रित सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थालाई पारदर्शि, सदस्य केन्दीत कार्यक्रम गर्दै उत्पादनमुलक क्षेत्रमा सहकारीलाई सक्रिय बनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भीम तुलाचन, सहकारीका पूर्व अध्यक्षहरू शिवलाल राना, मित्रबहादुर शाक्य, निवर्तमान अध्यक्ष धु्रवकुमार धिताल, सहकारीका उपाध्यक्ष माया गौतम, लेखा संयोजक लुन्जलाल शाक्य, मूल्याङ्कन समिति संयोजक दलबहादुर थापालगायतले सहकारीलाई सिद्धान्त सन्चालन गर्ने र उत्पादनमुलक कार्य गर्नु पर्नेमा जोड दिनुभयो । संस्थाका सचिव नरबहादुर रजालीलको संचालनमा भएको कार्यक्रममा सहकारीका ज्येष्ठ शेयर सदस्यहरू तथा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद अर्यालले संस्थाको वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?