२०८३ भाद्र २१
२०८३ भाद्र २१
बुटवल । सिर्जनशील संस्था नेपाल (सीन)को अध्यक्षमा बिजु पौडेल पाण्डे चयन हुनुभएको छ । संस्थाको १२औँ अधिवेशन तथा २९औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो । ११ सदस्यीय नवनिर्वाचित समितिको उपाध्यक्षमा रिनु श्रीस, महासचिवमा कल्पना ढकाल, सचिवमा मिना खरेल र कोषाध्यक्षमा खुम कुमारी थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विनोद बिसी (लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व), सुमन चौधरी, मनिषा चौधरी, स्यानीमाया थापा गाहा र लक्ष्मी अर्याल चयन भएको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष पौडेलले अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरतासँगै संस्थागत हित र सृजनशिल कार्यमा सक्रिय रहँदै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो ।…
