Skip to main content

Batauli News

Advertisement

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज विज्ञप्ति निकालेर चलचित्र ‘तिनीहरू’ लाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको जानकारी दिएको हो ।समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट २ वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू’ र ‘गौँथली’ प्राप्त भएका थिए ।

यी २ मध्ये एकेडेमीको मापदण्डअनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपछि ‘तिनीहरू’ लाई उत्कृष्ट ठहर गर्दै छनोट गरेको समितिले जनाएको छ । यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ । यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले नेपालबाट ओस्कर अवार्डमा सिफारिश भएको र एशिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग ः तिनीहरू’ लाई बधाई तथा शुभकामना दिनुभएको छ । शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ । अविनाशविक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ । सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज विज्ञप्ति निकालेर चलचित्र ‘तिनीहरू’ लाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको जानकारी दिएको हो । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट २ वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू’ र ‘गौँथली’ प्राप्त भएका थिए । यी २ मध्ये एकेडेमीको मापदण्डअनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपछि ‘तिनीहरू’ लाई उत्कृष्ट ठहर गर्दै छनोट गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?