Skip to main content

Batauli News

Advertisement

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

Advertisement

बटौली न्यूज

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनस्र्थापनाका लागि सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ ।

अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा अस्पतालका संचालक एव जनप्रतिनिधि नरिश्वर शर्मा को पनि उपस्थिति रहेको थियो । प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुग्ने बिश्वासका साथ ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको अस्पतालका अध्यक्ष पौडेलले बताउनु भयो । हस्पिटलले प्रभावित क्षेत्रमा जाने अभियान्ता एवं सहयोगी समूह मार्फत पनि औषधी जन्य सामाग्री पढाइ सकेको थियो । असाहय विपन्नहरुको सहजढंगले उपचार गर्दै आएको बुटवल हस्पिटलले पटक पटक दिनदुखीको साथमा रहेको प्रमाणित गर्दै आएको छ ।
बुटवलको ज्योति पथमा अवस्थित सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मीहरू, उत्कृष्ट चिकित्सा प्रविधि र आधुनिक पूर्वाधारको संयोजन गर्दै एउटै छानामुनि सम्पूर्ण तथा बृहत् स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ।। लुम्बिनी प्रदेशको एक प्रमुख मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्थाको रूपमा परिचित यो संस्था करुणामयी र बिरामी–केन्द्रित चिकित्सा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउदै आएकोछ। यस विपद्को घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको स्वास्थ्य सहयोग गर्नका लागि बुटवल हस्पिटल प्रा.लि. पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा हस्पिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?