Skip to main content

Batauli News

Advertisement

मनाइयो जेनजी स्मृति दिवस: नवयुवाका माग सम्बोधन हुन्छः मन्त्री गौतम

Advertisement

बटौली न्यूज

काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नवयुवा आन्दोलका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा कानूनमन्त्री गौतमले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले नवयुवा आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको बताउनुभयो । लोकतन्त्रमा पनि गएको भदौ २३ गते नागरिकमाथि गोली चलेको भन्दै मन्त्री गौतमले अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उल्लेख गर्नुभयो । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँको भनाइ छ ।मन्त्री गौतमले आन्दोलनपछि भएको चुनावमार्फत नेपाली नागरिकले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको उल्लेख गर्नुभयो ।
सरकारसँग प्रतिनिधिसभामा पर्याप्त सङ्ख्या भए पनि कानून निर्माणलगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उहाँले बताउनुभयो ।मन्त्री गौतमले भन्नुभयो, ‘जेन–जी आन्दोलनका मागहरू सम्बोधन गर्नका लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहनुभएका मन्त्री, सांसदहरूसँग हरेक दिनजसो कुनै न कुनै रूपले भेटिरहेका छौँ; कसरी सहयोग गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेका छौँ । हामीलाई सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू जान्नकै लागि पनि थोरै समय लागेकै हो । हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन । यति भन्छु, यो सरकार सफा नियतसहित आएको छ । हाम्रा शहीले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देखेका हरेक सपनाहरू पूरा गर्नका लागि यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।’

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?