Skip to main content

Batauli News

Advertisement

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ ।जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ’आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको हो । भयानक हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जासमेत रेकर्ड गरिएको थियो ।
प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो । तीव्र वेगको बाढीले पूर्वसूचनाका लागि समय नै नदिई नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्णरूपमा नष्ट गरिदिएको छ ।यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ ।बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुई वटा नयाँ अस्थायी ताल बनेका छन् । यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औँल्याएको छ । यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्वसूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभीमार्फत ’रियल–टाइम’ नदी अनुगमन प्रणाली जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?