बुटवल, २८ भदौ । बुटवलको अस्पताल लाईन मैत्रीपथमा आरती हेल्थ क्लिनिक संचालनमा आएको छ । विशेष गरी स्त्रीरोग तथा हाडजोर्नीको गुणस्तरीय उपचारकालागि संचालनमा आएको क्लिनीकको आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री रामजी घिमिरेले उद्घाटन गर्नुभयो ।
क्लिनीको उद्घाटन गर्दै मन्त्रीले जस्तो सुकै अवस्था भएका विरामीलाई सर्व सुलभ उपचार सेवा उपलब्ध गराउने कुरामा आरती क्लिनीक उदाहरणीय बन्नु पर्ने सुझाव दिनुभयो । उहाँले मेडिकल क्षेत्रमा उच्च शिक्षा हासिल गरेर महिला बाहिरै पढ्न जानु गर्दछ भन्ने मान्यतालाई क्लिनिक संचालक आरतीले ब्रेकथु्र गरेको उल्लेख गर्दै अध्ययन पुरा गरेका युवाले नेपाललाई नै आफ्नो रोजगारीको गन्तब्य बनाउनु पर्ने बताउनुभयो । उहाँले आरति क्लिनीकबाट सर्वसाधारणले सर्व, सुलभ र गुणस्तरीय सेवा पाउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा औषधि ब्यवसायी संघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, पुर्वउपसचिव बाबुराम भट्टराई, स्त्रीरोग विशेषज्ञ डा बर्षा पौडेल, अर्थोपेडिक डा. रोजन बिक्रम थापा, रमेश पाण्डेलगायतले क्लिनी र संचालकलाई ब्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा संचालक आरती पोखरेलले अर्थाेपेडिक तथा गाइनोको उपचारकालागि संचालनमा ल्याइएको क्लिनीक संचालनकालागि अहिलेसम्म झण्डै २५ लाख लगानी भइसकेको र अन्य पुर्वाधारहरु पनि तयारीकै अवस्थामा रहेको बताउनुभयो । उहाँले पाँच जनालाई प्रत्येक्ष रोजगारी क्लिनीकबाट दिएको बताँउदै यसको सेवालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउँदै स्वास्थय सेवामा कुनै पनि किसिमको कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो । उद्घाटन कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गर्नु भएको थियो ।



