Skip to main content

Batauli News

Advertisement

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

Advertisement

बटौली न्यूज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन अघिदेखि नै तीजको रमझम सुरु हुन्थियो । बजारमा एकपछि अर्का तीजका गितहरु सार्वजनिक हुन्थिए । कलाकारहरुले तीजका भाकामा दोहोरी गित बजारमा ल्याउने गर्दथिए । रेडियो, टिभी, युट्युव, फेसबुक टिकटक जस्ता सामाजिक सञ्चालमा पनि तीजका भाका धेरैभन्दाधेरै हेर्न र सुन्न पाइन्थियो । विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम हुने गर्दथे । विभिन्न संघ संस्था समुहहरुले दर खाने कार्यक्रम आयोजना गर्दथे । साधारण होटल, पार्टी प्यालेसदेखि ५ तारे होटलसम्म तीजका कार्यक्रमले बुक हुने गरेका थिए ।

यो वर्षको तीजमा त्यस्तो रमझम भने देखिएन

तर यो वर्षको तीजमा त्यस्तो रमझम भने देखिएन । भदौ १० गते भोटेकोशी र त्रिशुलीमा आएको विनासकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । उक्त बाढीका कारण अहिलेसम्म साढे १३ सय बढीको मृत्यु भएको पुष्टी भएको छ । ५ हजारभन्दा धेरै अझै वेपत्ता भएका छन् । हजारौं घरबार विहिन भएका छन् । जसले गर्दा बजारमा यो वर्ष तीजको रमझम देखिएको छैन ।

होटल र पार्टी प्यालेसहरुमा बुक भएका तीजका कार्यक्रम रद्द भएका छन् ।

श्रोता र दर्शकको ध्यान तीजका गीत र भिडियोमा भन्दा बाढिले पुर्याएको क्षतिमा छ । बजारमा तीजका गित पनि कम आएका छन् । फेसबुक, युट्युव, टिकटक जस्ता सामाजिक सञ्जालमा तीजका गित र भिडियोभन्दा बाढीका क्षतिका समाचार र भिडियो धेरै आएका छ । होटल र पार्टी प्यालेसहरुमा बुक भएका तीजका कार्यक्रम रद्द भएका छन् । तीज कार्यक्रम आयोजनाको तयारी गरेका विभिन्न संघसंस्थाहरुले कार्यक्रम गर्न छुटयाएको पैसा बाढि प्रभावितहरुको राहत कोषमा पठाएका छन् । होटल रिसोर्टहरु सुनसान देखिएका छन् ।

अहिलेको तीज घर परिवारमै सिमित

होटलहरु चल्दा अन्य व्यवसाय पनि चल्ने गर्दथ्यो । होटल रेष्टुरेन्ट नचल्दा समग्र बजार चलायमान भएको छैन । तीजका किनमेल कम भएका छन् । एक प्रकारले अहिलेको तीज घर परिवारमै सिमित भएको छ । बाढिले ठूलो धन जनको क्षति पुर्याकाले धेरै घरमा अहिले तीज खल्लो र पीडादायी बनेको छ । बजारमा होस् या सामाजिक सञ्जालमा अघिल्लो वर्ष जस्तो यो वर्ष तीजको खासै रमझम छैन ।
यसैबीच आज भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व सोमबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?