Skip to main content

Batauli News

Advertisement

रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आम्दा अस्पतालमा श्रद्धाञ्जलीसभा

Advertisement

बटौली न्यूज

बुटवल । रसुवा तथा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले सोमबार श्रद्धाञ्जली सभा गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिबाट प्रभावित परिवारलाई सरकारले तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। विनाशकारी बाढीका कारण धेरै परिवार घरबारविहीन भएको भन्दै डा. पराजुलीले प्रभावित नागरिकको पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, आम्दा नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रिन्सिपल सरिता रावलले दुःखको यस घडीमा सबैले एक–अर्काको हातमा हात मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। अस्पतालका एच.आर. देव खनालको सञ्चालनमा भएको कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?