Skip to main content

Batauli News

Advertisement

Day: २०८३ भाद्र २२

रसुवा बाढी प्रभावितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने

रसुवा बाढी प्रभावितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने

बुटवल  । रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले २०८३ भदौ १० गते रसुवाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि राहत रकम जम्मा गर्ने र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । कार्यकारी परिषद्को निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको मासिक सुरु तलब स्केल बराबरको दुई दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन, सहायक प्राध्यापक, सहायक…
Read More
रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आम्दा अस्पतालमा श्रद्धाञ्जलीसभा

रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आम्दा अस्पतालमा श्रद्धाञ्जलीसभा

बुटवल । रसुवा तथा भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले सोमबार श्रद्धाञ्जली सभा गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिबाट प्रभावित परिवारलाई सरकारले तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। विनाशकारी बाढीका कारण धेरै परिवार घरबारविहीन भएको भन्दै डा. पराजुलीले प्रभावित नागरिकको पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, आम्दा नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रिन्सिपल…
Read More