Skip to main content

Batauli News

Advertisement

Blog

प्रधानमन्त्री तथा मन्त्रिहरूको एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने

प्रधानमन्त्री तथा मन्त्रिहरूको एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने

काठमाण्डाै । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूकाे एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेकाे हाे । यस्तै बैठकले गएको बुधवार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । यस्तै बैठकले भारतसँग जीटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति…
Read More
रसुवा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

रसुवा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाण्डौ । गएको बुधबार बिहान रसुवाबाट आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो । धेरैजसो शवहरू चितवन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदी किनारमा फेला परेका छन् । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, चितवनमा २२१, तनहुँमा २८, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २२१ जनाको शव भेटिएको छ । धेरैजसो शवहरू नदीमा बगेर तल पुगेका हुन् । अस्ति बुधवार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशूली भनिन्छ । त्रिशूली नदी रसुवा,…
Read More
चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटी

चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटी

चीन, ९ भदौ । पूर्वी चिनियाँ शहर हाङझाउको व्यस्त चोकमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइएको छ । ६ फिट २ इन्च अग्लो ९८ किलोग्रामको ‘टी–२’ रोबोट स्थानीय प्रविधि कम्पनी ‘सुपकन इन्फर्मेशन’ ले विकास गरेको हो । यो रोबोट ट्राफिक व्यवस्थापनसम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेशिनलाई सुम्पने उद्देश्यले सञ्चालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।कम्पनीको ‘इन्टेलिजेन्ट अनम्यान्ड सिस्टम्स इनोभेशन सेन्टर’ का प्रमुख काओ हुईका अनुसार ‘रोबोकप’ ले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय–बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक सङ्केतको उल्लङ्घन गर्दै बाटो काट्ने पैदलयात्रीहरूको पहिचान गर्न क्यामेरा, राडार र आन्तरिक कम्प्युटिङ…
Read More
कांग्रेसको विवाद फेरि सर्वोच्च अदालतमा

कांग्रेसको विवाद फेरि सर्वोच्च अदालतमा

काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले १५औँ महाधिवेशनकाे सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि पर्सि बिहीवार भदौ ११ गतेका लागि पेशी तोकिएको छ ।देउवा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो । सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निस्सा दिएपछि अब विवाद पुनः सुनुवाइको प्रक्रियामा प्रवेश…
Read More
प्रधानमन्त्री शाहलाई कालाे चस्मा प्रयाेग गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्री शाहलाई कालाे चस्मा प्रयाेग गर्न चिकित्सकको सुझाव

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भोलिको प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानु हुने भएको छ । उज्यालाे प्रकाशमा आँखाले हेर्न कठिनाइ देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाकाे सुरक्षाका लागि कालाे चस्मा प्रयाेग गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीले गएकाे साउन २२ गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएकाे थियाे । चिकित्सकले उहाँलाई आवश्यकताअनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए । यस्तै परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेलाबेपाल आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भइसकेको उज्यालाेलाई जानकारी दिनुभएकाे छ ।यसअघि सभामुख डोलप्रसाद (डीपी)…
Read More
एभरेष्ट नमुना युवा संसद कार्यक्रम: जनमुखि काम गर्न भन्दै सरकारको ध्यानाकर्षण

एभरेष्ट नमुना युवा संसद कार्यक्रम: जनमुखि काम गर्न भन्दै सरकारको ध्यानाकर्षण

बुटवल, ५ भदौ । रुपन्देहीको बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट माविका विद्यार्थीहरुले जनमुखि काम गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जनताको प्रतिनिधीबाट चुनिएको सरकारले जनताकै काम गर्नु पर्ने उल्लेख गर्दै मावि तहका विद्यार्थीहरुले सरकारको काम राज्य संचालन गर्ने मात्र होईन जनताका भवना पनि बुझ्ने हुनु पर्ने बताए । उनीहरुले सभामुख मार्फत सरकारलाई जवाफदेही बन्न ध्यानाकर्षण गराएका हुन् । शुक्रबार विद्यालयमा भएको संघीय एभरेष्ट नमुना युवा संसद कार्यक्रममा सहभागि विद्यार्थी सांसदहरुले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, सुशासनका मुद्धामा सरकार चुकेको भन्दै सरकारको खवरदारी समेत गरे । कक्षा–८, ९ र १० का एकसयबढी विद्यार्थीहरु सहभागि भएको नमुना संसद कार्यक्रममा शुन्य र…
Read More
शान्ता जिसीले ल्याइन् तीज ‘नजिकै पीर कल्लाई छैन र ?’

शान्ता जिसीले ल्याइन् तीज ‘नजिकै पीर कल्लाई छैन र ?’

बुटवल, ६ भदौ । जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिदै आउनुभएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत नजिकै ‘पीर कल्लाई छैन र’ सार्वजनिक गर्नुभएको छ । नेपाली मौलिकता, संस्कृति र तीज पर्वको भावनालाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । गीतमा सुमधुर स्वरका धनी शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर रहेको छ । गीतका शब्द, लय तथा संगीत पनि प्रेम सापकोटा सोनुले नै तयार गर्नुभएको छ । गीतको एरेञ्जमेन्ट याम थापा मगर, मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गर्नुभएको छ । गीतको रेकर्डिङ जोन स्टुडियोमा गरिएको…
Read More
एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

एजेन्सी, ८ भदौ ।विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलोस्तरमा परीक्षण शुरु भएको छ । बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, मेट अफिसलगायतका संस्थाको सहकार्यमा अघि बढाइएको ‘अपरेसन ब्लु स्काइज’ कार्यक्रमले वास्तविक हवाई यातायातमै यसको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नेछ । एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्बिर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ । त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना…
Read More
चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

चीनको चाङ ई–७ चन्द्र अभियान प्रक्षेपणको अन्तिम तयारीमा

एजेन्सी, ४ भदौ  । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ । चीनको म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार मिसनका लागि प्रयोग हुने चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटलाई हिजो दक्षिण चीनको हेनान प्रान्तको वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको प्रक्षेपण क्षेत्रमा ठाडो अवस्थामा स्थानान्तरण गरिएको छ । चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ रकेटलाई गएको अप्रिल र जुलाईमा प्रक्षेपण स्थलमा पु¥याइएको थियो । प्रक्षेपण स्थलका भौतिक पूर्वाधार तथा उपकरणहरू पनि सञ्चालनका लागि तयार अवस्थामा रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।प्रक्षेपणअघि गरिने प्राविधिक जाँच, संयुक्त परीक्षण तथा…
Read More
अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

एजेन्सी, ८ भदौ। अमेरिकाले क्यानाडाकाे झण्डै २० अर्ब डलरका वस्तुमा ५० प्रतिशत महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको छ । क्यानाडाले सेप्टेम्बर ८ देखि अमेरिकी स्टिल र डेरीलगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ । अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास ‘मूर्खता’ भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफूहरू ‘आक्रमणमा परेको’ भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ । यस घटनाले लामो समयदेखिका दुई सहयोगीबीचको व्यापारिक सम्बन्धमा थप तनाव बढाएको छ ।
Read More