Skip to main content

Batauli News

Advertisement

सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

Advertisement

बटौली न्यूज

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताउनुभएको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पाेखरेलले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ आईजीपी नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने उल्लेख गर्नुभयाे ।उहाँले भन्नुभयाे, ‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीका रूपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएकाे छ ।’मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीकाे अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हाे ।

यस्तै प्रवक्ता पाेखरेलले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले लगेको हो ? भनी सञ्चारकर्मीले सोधेको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । याे विषय बाहिर आएको हल्ला मात्र भएको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, ‘इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खबर

मनोज केसी बने आईजीपी

मनोज केसी बने आईजीपी

काठमाण्डाै । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।आज बसेकाे...
सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेर...
पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

यो पनि पढौँ

छुटाउनुभयो कि?