Skip to main content

Batauli News

Advertisement

मनोज केसी बने आईजीपी

Advertisement

बटौली न्यूज

काठमाण्डाै । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ ।यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो ।कार्कीले गएको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो ।

सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण भनेको छैन । आज मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जिम्मेवारीबाट हटाउनुलाई कारबाही गरेको भन्न नमिल्ने भने पनि जिम्मेवारीबाट हटाउनुको स्पष्ट कारण बताउनुभएन ।यसैबीच सरकारले प्रहरी महानिरीक्षक फेर्ने निर्णय गरेपछि सरकार र सत्तारूढ दलबीच नै भनाइ बाझिएको छ । मन्त्रिपरिषद्को निर्णयपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा पार्टीबाट पनि निर्देशन आएकाले जिम्मेवारी फेरबदल गरेको बताउनुभयो । तर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै पनि व्यक्तिलाई हटाउन वा नियुक्ति गर्न निर्देशन नदिएको दाबी गर्नुभएको छ । पछिल्लो समय प्रहरीले सञ्चारगृह र पत्रकारमाथि धरपकड गरेपछि तत्कालीन आईजीपी कार्कीको चौतर्फी आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

मनोज केसी बने आईजीपी

मनोज केसी बने आईजीपी

काठमाण्डाै । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।आज बसेकाे...
सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

सरकारले दानबहादुरलाई कारबाही गरेको होइन : प्रवक्ता

काठमाण्डाै । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेर...
पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

यो पनि पढौँ

छुटाउनुभयो कि?