Skip to main content

Batauli News

Advertisement

एन प्याब्सनको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

Advertisement

बटौली न्यूज

बुटवल, १५ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा लेखन क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन रुपन्देहीले जनाएको छ ।
एन प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगिताको सिनियरतर्फ श्री प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलकी तारा गलामी मगर प्रथम भएकी छन् । त्यसैगरी, सुंगाभा पब्लिक सेकेन्डरी स्कुलकी गरिमा ज्ञवाली द्वितीय, कोलिया इङ्लिस बोर्डिङ स्कुलकी अलिसा सिंजाली तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदहका शुभोद पाठकले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी, जुनियरतर्फ न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलकी आद्या नेपाल प्रथम भएकी छन् । सुनगाभा पब्लिक सेकेन्डरी स्कुलकी प्रतीक्षा भुसाल द्वितीय, सैनामैना मेमोरियल स्कुलका रुपेश भुसाल तृतीय तथा ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलकी रोमिसा श्रीसले प्रोत्साहन पुरस्कार प्राप्त गरेको आयोजक संस्थाका सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै एन प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले शैक्षिक विकाससँगै विद्यार्थीलाई अनुशासित, लगनशील र सिर्जनशील बनाउन यस्ता प्रतियोगितात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साहित्यिक गतिविधि तथा निबन्ध लेखनजस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, सिर्जनात्मक क्षमता र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन प्याब्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पराजुली, निर्णायक तथा साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थनलगायतले मन्तव्य राख्दै सहभागी तथा विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिनु भएको थियो । प्रतियोगितामा एन प्याब्सन अन्तरगतका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?