Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन १५

एन प्याब्सनको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

एन प्याब्सनको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

बुटवल, १५ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा लेखन क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन रुपन्देहीले जनाएको छ । एन प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगिताको सिनियरतर्फ श्री प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलकी तारा गलामी मगर प्रथम भएकी छन् । त्यसैगरी, सुंगाभा पब्लिक सेकेन्डरी स्कुलकी गरिमा ज्ञवाली द्वितीय, कोलिया इङ्लिस बोर्डिङ स्कुलकी अलिसा सिंजाली तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदहका शुभोद पाठकले प्रोत्साहन पुरस्कार प्राप्त गरेका…
Read More