२०८३ कार्तिक ९
२०८३ कार्तिक ९
काठमाण्डौ । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् । वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भीसीटीएसजस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् ।नेपाल राष्ट्र बैंकको वेबसाइटसमेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमै देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ…
