Skip to main content

Batauli News

Advertisement

कसौधन महिला समितिद्वारा आभार ब्यक्त

Advertisement

बटौली न्यूज

बुटवल, २८ असोज । कसौधन महिला समितिको आयोजनामा भएको डण्डिया नाईट कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नु हुने सबै प्रति समितिले धन्यवाद ज्ञापन गरेको छ । समितिले एक वक्तव्य निकालेर डण्डिया नाइट कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको छ । कार्यक्रममा कसौधन समुदायिका सदस्य, कसौधन सेवा समिति र महिला समिति, युवा समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागितासँगै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोमा समितिले खुशी ब्यक्त गर्दै उपप्रमुख सावित्रादेवी अर्याललाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

समितिले गरेको कार्यक्रममा उपप्रमुखको गरिमामय उपस्थिती र उपप्रमुखले बुटवलका कसौधन समुदायलाई दिनु भएको धर्तिपुत्रको उपाधिले आफुहरु हर्षित भएको समितिका अध्यक्ष आशा कसौधनले शुभकामना सन्देश मार्फत ब्यक्त गर्नु भएको छ । उहाँले आगामी दिनमा बुटवल उपमहानगरपालिकाबाट यस्तै साथ सहयोग र सहकार्यकालागि अनुरोध समेत गर्नु भएको छ ।साथै उहाँले शुभकामना सन्देश प्रकाशन गर्दै आउदै गरेको विजयादशमी, दीपावल, छठ तथा नेपाल सम्वत्को सबैमा शुभकामना दिदै देश र देश बाहिर रहनु हुने सबै प्रति शुभकामना ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

पूर्वप्रधानमन्त्री नेपाल र मन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाण्डाै । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ...

भाइटीकाको शुभसाइत २५ गते बिहान ११ बजेर ७ मिनेटमा

काठमाण्डाै । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विक...

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...

यो पनि पढौँ

छुटाउनुभयो कि?