Skip to main content

Batauli News

Advertisement

आउने बिहीबारदेखि आइतबारसम्म वर्षाको सम्भावना : धान नकाट्न मौसमविद्ले सुझाव

Advertisement

बटौली न्यूज

बुटवल । आउने बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ ।
विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेल भन्छन् ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ । मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेको र त्यसले झरी पार्ने बताएका छन् । “यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नेछ । केही स्थानमा भारी वर्षा हुन सक्ने अहिलेको पूर्वानुमानले देखाउँछ,” मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुईको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाएर नेपालमा भारी वर्षाको सम्भावना बढाउन सक्ने उनको भनाइ छ । भारी वर्षाको सम्भावना विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म बढी रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?