२०८३ कार्तिक ७
२०८३ कार्तिक ७
बुटवल । आउने बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्ले सुझाव दिएका छन् । बिहीबारदेखि आइतबारसम्म झरी पर्ने भएकाले यस अवधीमा धान नकाट्न मौसमविद्को सुझाव छ । विशेषगरी किसान र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । “धान पाकिसकेको छ र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्छ भने स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउनुहोला,” मौसमविद् विनोद पोखरेल भन्छन् । उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना भएकाले यात्रा वा ट्रेकिङमा जानेहरूले नियमित मौसम अपडेट तथा आधिकारिक सूचना हेरेर योजना बनाउन उनको सुझाव छ । मौसमविद् पोखरेलले बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने…
