बुटवल । लायन्स क्लब अफ बुटवल वेस्ट र बेबी स्टार मन्टेश्वरीको संयुक्त आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा लायन्सकर्मी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको क्लवका अध्यक्ष तथा मन्टेश्वरीकी अध्यक्ष गिता बन्जाडेले जानकारी दिनुभयो ।
लायन्सका डिस्टृक गभर्नर पीएमजेएफ सन्दीप कसौधनले कार्यक्रमको उद्घाटन गर्दै सेवाभावले गरिने रक्तदान कार्यक्रमले अरुको पनि जीवन बचाउन आफ्नो योगदान हुन्छ भन्ने सिकाउने बताउनु भयो । कार्यक्रममा लायन्सका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक मिना खत्रीको संयोजनमा भएको कार्यक्रममा ४१ पोका रगत संकलन भएको आयोजकले जनाएको छ। रक्तदान जीवनदान भन्ने मूल भावनाका साथ सम्पन्न कार्यक्रमले रगतको अभावमा उपचार गराउन कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्ने अध्यक्ष बन्जाडेले बताउनुभयो ।




