Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन २५

लायन्स बुटवल वेस्टद्वारा रक्तदान कार्यक्रम, ४१ पोइन्ट रगत संकलन

लायन्स बुटवल वेस्टद्वारा रक्तदान कार्यक्रम, ४१ पोइन्ट रगत संकलन

बुटवल । लायन्स क्लब अफ बुटवल वेस्ट र बेबी स्टार मन्टेश्वरीको संयुक्त आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा लायन्सकर्मी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको क्लवका अध्यक्ष तथा मन्टेश्वरीकी अध्यक्ष गिता बन्जाडेले जानकारी दिनुभयो । लायन्सका डिस्टृक  गभर्नर पीएमजेएफ सन्दीप कसौधनले कार्यक्रमको उद्घाटन गर्दै सेवाभावले गरिने रक्तदान कार्यक्रमले अरुको पनि जीवन बचाउन आफ्नो योगदान हुन्छ भन्ने सिकाउने बताउनु भयो । कार्यक्रममा लायन्सका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक मिना खत्रीको संयोजनमा भएको कार्यक्रममा ४१ पोका रगत संकलन भएको आयोजकले जनाएको छ। रक्तदान जीवनदान भन्ने…
Read More
बूढीगण्डकी बाढी : ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी : ४९ जनाको उद्धार

गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले आइतबार साँझसम्म ४९ जनाको जनाको उद्धार गरेको जनाएको हो । सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ । यसैबीच गृहमन्त्री सुदन गुरुङ्गले बुढीगण्डकी बाढीपछिको उद्धार र राहत कार्य तीव्र पारिएको बताउनु भएको छ । राहत सामग्रीका पहिलो चरणको ३ वटा ट्रकहरू पठाइसकिएको छ । आरुघाटबाट गोरखासम्म निःशुल्क सार्वजनिक बस सेवा सञ्चालनको तयारि भएको गृहमन्त्री गुरुङले आफ्नो फेशबुक मार्फत भन्नु भएको छ…
Read More
तिलोत्तमामा मंसिर ३ देखि मेला लाग्ने

तिलोत्तमामा मंसिर ३ देखि मेला लाग्ने

रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामार्फत स्थानीय उद्यमशीलता, औद्योगिक विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलामा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । अध्यक्ष कार्कीको अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन् । औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि, प्रविधि, पर्यटनलगायत…
Read More
क्षेत्री समाजले मनाए भैरहवामा क्षेत्री दिवस

क्षेत्री समाजले मनाए भैरहवामा क्षेत्री दिवस

बुटवल । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएका छ । समाजले घटस्थापनाका दिन भैरहवामा ¥याली तथा अन्तरक्रिया गरी क्षेत्री दिवस मनाएको हो । क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडबाट शुरु भएको रैलि ब्रमेलिटोल, नारयणस्थान हुदै बैंकक्लोनि दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो । क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दसैँको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले बताउनुभयो । क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकिकृत गर्दै क्षेत्री पोशाकमा…
Read More