Skip to main content

Batauli News

Advertisement

तिलोत्तमामा मंसिर ३ देखि मेला लाग्ने

Advertisement

बटौली न्यूज

रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले स्थानीय उत्पादन, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामार्फत स्थानीय उद्यमशीलता, औद्योगिक विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिइएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गर्ने जनाएको छ । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलामा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताउनुभयो ।
अध्यक्ष कार्कीको अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन् । औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि, प्रविधि, पर्यटनलगायत विभिन्न क्षेत्रका सामग्री तथा सेवाको प्रदर्शनी गरिनेछ। होटलका लागि २० वटा स्टल रहनेछन् भने अटो तथा सूचना प्रविधिसम्बन्धी स्टल आवश्यकताअनुसार व्यवस्थापन गरिनेछ । ‘मेलालाई आकर्षक बनाउन बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ । प्रवेशद्वारको सजावटमा लुम्बिनीको प्रवेशद्वार, पशुपतिनाथ र मुक्तिनाथका संरचनालाई प्रदर्शनात्मक रूपमा प्रस्तुत गरी नेपाली कला, संस्कृति र धार्मिक पर्यटनको झल्को दिने तयारी गरिएको छ’, उहाले बताउनुभयो ।
मेलामा जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक सामग्री, तिलोत्तमाभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलका बारेमा जानकारी दिने प्रदर्शनी र नैतिक शिक्षासम्बन्धी सामग्रीसमेत राखिनेछ । यसले व्यापारिक गतिविधिसँगै सामाजिक चेतना र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाले बताउनुभयो ।
महोत्सवलाई केवल किनबेचको माध्यममा सीमित नराखी स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य राखिएको कार्कीले बताउनुभयो । कृषि, उद्योग, व्यापार, उत्पादन, प्रविधि तथा पर्यटनलाई एकीकृत गर्दै तिलोत्तमाको आर्थिक पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्यसमेत मेलाले लिएको छ ।

आयोजकले मेलालाई व्यवस्थित, सुरक्षित, मर्यादित र सहभागितामूलक बनाउन सरोकारवाला निकायसँग समन्वय गर्ने जनाएको छ । मेला सञ्चालनका क्रममा पारदर्शिता, सामाजिक उत्तरदायित्व, वातावरणीय सचेतना र सामूहिक सहभागितालाई प्राथमिकता दिइनेछ । मेलाको प्रवेश टिकट सामान्यतर्फ १५० रुपैयाँ र विशेष कार्यक्रम तथा कन्सर्टका लागि ४०० देखि ५०० रुपैयाँसम्म निर्धारण गरिएको छ । ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका तथा परिचयपत्रका आधारमा फरक क्षमता भएका व्यक्तिले पनि निःशुल्क प्रवेश पाउनेछन् । नगरपालिकाको सिफारिसमा आउने २५ जनासम्मको समूहलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा ५० प्रतिशत छुट दिइनेछ । आयोजकले मेला सफल बनाउन उद्योगी, व्यवसायी, सरकारी तथा वित्तीय संस्था, शैक्षिक संस्था, सामाजिक संघसंस्था र आम नागरिकलाई सहकार्यका लागि आग्रह गरेको छ । स्थानीय आर्थिक गतिविधि विस्तार, व्यापारिक सम्बन्ध सुदृढीकरण र पर्यटन प्रवद्र्धनका दृष्टिले मेला महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको कार्कीले बताउनुभयो । मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ भने स्वदेशी उत्पादनको बजारीकरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?