Skip to main content

Batauli News

Advertisement

क्षेत्री समाजले मनाए भैरहवामा क्षेत्री दिवस

Advertisement

बटौली न्यूज

बुटवल । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएका छ । समाजले घटस्थापनाका दिन भैरहवामा ¥याली तथा अन्तरक्रिया गरी क्षेत्री दिवस मनाएको हो । क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडबाट शुरु भएको रैलि ब्रमेलिटोल, नारयणस्थान हुदै बैंकक्लोनि दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो ।
क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दसैँको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले बताउनुभयो ।
क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकिकृत गर्दै क्षेत्री पोशाकमा नगर परिक्रमा गर्दै दुर्गा मन्दिरमा पुजा पाठ र अन्तरक्रिया गरेर क्षेत्री दिवस मनाइएको बताउनुभयो ।
दौरा–सुरावाल, कोट, पटुका र ढाकाटोपीमा सजिएका पुुरुषहरु र गुन्यू–चोली, पटुका, मखमली चोली र तिलहरी, नौगेडी, पोते जस्ता परम्परागत गरगहनाहरू पहिरिएका महिलाहरुले एउटा हातमा राष्ट्रिय झन्डा र अर्को हातमा क्षेत्री समाजको झन्डा लिएर सडकमा रैलिमा निस्कीदाको दृश्यले धेरैलाई आर्कर्षीत गरेको थियो । सडकको दायाँबायाँ बसेर मानिसहरुले हात हल्लाउदै गरेको दृश्य पनि रमाईलो देखिएको थियो ।
नेपालको आधुनिक इतिहास, राजनीतिक परिवर्तन र सामाजिक आन्दोलनहरूमा विशेष योगदान दिएको क्षेत्री जातिको पर्व र सस्कृति रक्षामा पनि लागिरहने क्रममा घटस्थापनाको दिन दिवस मनाएको समाजका पुर्व अध्यक्ष मिलन बस्नेतले बताउनुभयो । प्रागैतिहासिक कालदेखि नै सिञ्जा उपत्यकालाई केन्द्र बनाएर फस्टाएको क्षेत्री संस्कृति नै आजको आधुनिक नेपालको सांस्कृतिक, सामाजिक र भाषिक आधारशिला मान्ने गरिन्छ ।
क्षेत्री जातिभित्र विभिन्न गोत्र, प्रवर र हजारौँ थरहरू रहेका छन्। जस्तैः थापा, बस्नेत, पाण्डे, कुँवर, खड्का, रावल, बोहरा, बिष्ट, बुढाथोकी, घर्ती, कार्की, खत्री क्षेत्री, भण्डारी, अधिकारी, रोकाया, खस कटवाल आदि रहेका छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार क्षेत्री नेपालको सबैभन्दा ठूलो जनसङ्ख्या भएको जाति हो। कुल जनसङ्ख्याको १६.४५ प्रतिशत हिस्सा क्षेत्री जातिले ओगटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?