२०८३ भाद्र १७
२०८३ भाद्र १७
बुटवल । इन्टलेक्चुअल एकेडेमी बुटवलले प्रधानमन्त्री राहत कोषमा एकलाख एक हजार एकसय ११ रुयैया सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरुकालागि केही भएतापनि राहत होस भनेर इन्टलेक्चुअल एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको कार्यकारी निर्देशक रामराज पोखरेलले बताउनुभयो । उहाँले प्याब्सन नेपालको सर्कलर अनुसार यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा विद्यालय परिवारकोतर्फदेखि उक्त रकम जम्मान गरेको बताउनुभयो । उहाँले सोही अवसरका घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।
