२०८३ कार्तिक ३
२०८३ कार्तिक ३
बुटवल। बुटवलमा आयोजित लिटिल मिस एन्ड मास्टर प्रतियोगितामा लिटिल मिसको उपाधि प्रणवी गुरुङ र लिटिल मास्टरको उपाधि कौस्तभ पाण्डेले जितेका छन्। साना बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यले साहारा फेसन होमले आयोजना गरेको प्रतियोगितामा एक दर्जन प्रतियोगीलाई पछि पार्दै गुरुङ र पाण्डेले उपाधि हात पारेका हुन्। प्रतियोगितामा लिटिल मास्टरतर्फ फर्स्ट रनरअप श्रेयास लम्साल, सेकेन्ड रनरअप आयान्स आर्याल र थर्ड रनरअपको उपाधि सिर्यल थापाले जिते । त्यस्तै, लिटिल मिसतर्फ फर्स्ट रनरअप आइभी पन्थ, सेकेन्ड रनरअप विदिशा पौडेल र थर्ड रनरअपको उपाधि नित्या शर्माले जितेको सहारा फेसन होमका सिईयो युदिन खड्कीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरूलाई न्यु होराइजन माध्यमिक…
