बुटवल, २४ असोज । बुटवलमा रहेको गुरुकुल एकेडेमीले नजिकिदै गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा अभिभावक भेटघाट कार्यक्रम गरेको छ । शनिबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि अभिभावक, शिक्षक कर्मचारीबीचमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै असल अभिभावक तथा एवाकस सम्वन्धि अभिमुखिकरण कार्यक्रम पनि गरेको हो । विद्यालयका संचालक सदस्य तथा बोर्ड अफ डाइरेक्टर गोपाल प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा न्यु होराईजन माविका एकेडेमिक कोर्डिनेटर कपिल आचार्यले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, शिक्षक र अभिभावकविचको तालमेलले नै गुणस्तरीय शिक्षा दिने बताउनुभयो । उहाँले असल अभिभावक बन्नकालागि बालबालिकासँगैको घुलनमिलन र ब्यवहारमा सकारात्मक भावनाको विकास गर्नु अति आवश्यक भएको उल्लेख गर्दै अहिलेको खाँचो असल अभिभावक बन्नु नै भएको बताउनुभयो ।
विद्यालयका प्राचार्य साधना भण्डारीको स्वागतमा भएको कार्यक्रममा एकाकसका बारेमा गौतम चौधरी, राम क्षेत्री र समय क्षेत्रीले सहजिकरण गर्दै एवाकसको प्रयोगले विद्यार्थीमा आउने सकारात्मक गणितीय परिवर्तनका बारेमा बताउनु भएको थियो । विद्यालयका लेखा प्रमुख कमला श्रेष्ठको संचालनमा भएको कार्यक्रमको अवसर पारि गएको भदौमा गरिएको गुरुकुल तीज फोटो कन्टेस्टमा विजयी भएका अभिभावक प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो । गुरुकुल तीज फोटो कन्टेस्ट प्रतियोगितामा अभिभावक बिष्णुमाया भुसाल प्रथम, रन्जु पौडेल द्वितीय, राधा भण्डारी तृतीय र पार्वती गुरुङले प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको प्राचार्य साधना भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिहरुलाई लाईक, भ्युज र शेयरका आधारमा पुरस्कृत गरिएको थियो ।



