Skip to main content

Batauli News

Advertisement

स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु : कारण पत्ता लगाउन समिति गठन

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २३ असोज । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । दुर्घटनाको सत्य÷तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको हो । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएको छ ।
समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।पोखरा महानगरपालिका–२८ ओख्लेको भीरमा बिहान कालिका इङ्ग्लिश बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस दुर्घटना हुँदा ४ जना विद्यार्थीसहित ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा १५ वर्षीया ममता तिवारी र सुवेच्छा तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय स्थानीयवासी बाबुराम तिवारी रहेका छन् । एक छात्राको परिचय खुलेको छैन ।बसमा १९ जना रहेकामा १४ जना घाइते भएका छन् । उनीहरूको गण्डकी मेडिकल कलेज र गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?