२०८३ आश्विन ४
२०८३ आश्विन ४
काठमाडौं । बंगालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम तथ्याङ्क, मौसम नमुना तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार उक्त प्रणाली असोज ७ गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप शक्तिशाली भई दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ । यस्तै असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । मौसमविद विनोद पोखरेलले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा…
