Skip to main content

Batauli News

Advertisement

रुख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिन्छ : देउवा

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताउनुभयो । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन अनुमति पाएको उल्लेख गरेका देउवाले भन्नुभयोे, ‘रूख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिनेछ भन्ने विश्वास छ ।’ बिपी जयन्तीका अवसरमा भक्तपुरमा आज भएको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमै रहेको बताउनुभयो । तर गगन थापाले महाधिवेशन प्रतिनिधि कुन–कुन क्षेत्रका हुन् भन्ने सनाखत नै नगरी विशेष महाधिवेशन गरेको उहाँको भनाइ छ। ‘विशेष महाधिवेशन गर्न पाइन्छ, विधानमा यो व्यवस्था छ, सुवर्ण शम्शेरको पालामा पनि विशेष अधिवेशन भएको थियो,’ उहाले भन्नुभयो, ‘तर गगन थापाले कुन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि आएका हुन् सनाखत नै नगरी विशेष महाधिवेशन गरे। म सभापति हुँ, मलाई थाहा नै नदिई विशेष महाधिवेशन बोलाउन पाइन्छ?’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन आह्वान गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदनसहित हस्ताक्षर बुझाउनुभएको थियो । तर तत्कालीन पार्टी नेतृत्वले सनाखतलगायत केही पनि प्रक्रिया अघि बढाएको थिएन।
नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा पार्टीभित्र मतभेद थियो। गत वर्ष पुसभित्र नियमित महाधिवेशन हुन नसकेपछि पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएको थिएन। त्यसपछि निर्वाचन आयोग र सर्वोच्च अदालतमा देउवा र खड्काले विशेष महाधिवेशनविरूद्ध मुद्दा दिएका थिए। दुवै निकायले विशेष महाधिवेशनलाई मान्यता दिएको थियो। त्यसपछि देउवा र खड्काले पुनरवलोकनका लागि रिट दिएकोमा निस्सा पाएका थिए। हालै देउवा र खड्काले महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्चले दिएन। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?