बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई सर्वशुलभ दर रेटमा सुुलभ फार्मेसी मार्फत औषधि उपलब्ध गराउने कार्यमा जस्तो सुकै लडाई लडन पनि तयार रहेको बताएको छ । सुुलभ फार्मेसीलाई असफल गराउन नियोजित रुपमा केही षणयन्त्रहरु भएको भन्दै त्यसको जस्तो सुकै परिस्थितिमा सामना गर्ने पालिकाले जनाएको छ । तिलोत्तमा वडानम्बर–६ का वडाध्यक्ष गणेश पाठकले फेशवुक मार्फत स्टाटस लेख्दै सुलभ फार्मेसीलाई निरन्तर र ब्यवस्थित रुपमा संचालनकालागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनुभएको छ । उहाँले फेशबुकमा लेख्नु भएको छ, ‘‘सुलभ फार्मेसीका विरुद्ध लाग्नेहरुको सप्रमाण औषधी ब्यवस्था विभागमा कुरा राखेका छौ । औषधी ऐन विपरित कार्य गर्नेहरुलाई कानुन अनुसारको कारवाही गर्न भोली भदौ २४ गते प्रधानमन्त्रीको कार्यालयमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, औषधी ब्यवस्था विभागका डिजी, तिलोत्तमा नपाका प्रतिनिधीहरु विच बैठक आयोजना गरेका छौ ।’’
यस अघि पनि नगरप्रमुख रामकृष्ण खाँणले नागरिकले सर्वसुलभ दरमा औषधी खाने अधिकारलाई नगरले भरसक प्रयास गर्ने भन्दै त्यो अधिकार नगरबासीलाई दिन पालिका योजनावद्ध तरिकाले लाग्ने बताउनु भएको थियो । उक्त महान कार्यमा कसैले बिरोध गर्न नहुने पनि बताउनु भएको थियो ।



