Skip to main content

Batauli News

Advertisement

रसुवा भोटेकोशी बाढीको १५औँ दिन: एक हजार ३६७ शव फेला, ५ हजारबढी बेपत्ता

Advertisement

बटौली न्यूज

काठमाण्डौ, २४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको बुधबार १५औँ दिन भएको छ । अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ । यस्तै उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ ।
भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् । बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?