२०८३ आश्विन २५
२०८३ आश्विन २५
बुटवल । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले क्षेत्री दिवस मनाएका छ । समाजले घटस्थापनाका दिन भैरहवामा ¥याली तथा अन्तरक्रिया गरी क्षेत्री दिवस मनाएको हो । क्षेत्री समाज सिद्धार्थनगरको आयोजनामा भैरहवाको लुम्बिनीरोडबाट शुरु भएको रैलि ब्रमेलिटोल, नारयणस्थान हुदै बैंकक्लोनि दुुर्गा मन्दिरमा पुुगेर समापन भएको थियो । क्षेत्रीहरुले घटस्थापनालाई स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । घटस्थापनालाई क्षेत्री दिवसका रूपमा मनाउनु भनेको शक्ति र वीरताको पर्व दसैँको सुरुवातसँगै आफ्नो ऐतिहासिक पहिचान, संस्कृति र सामाजिक एकतालाई उत्सवका रूपमा रहेको क्षेत्री समाजका अगुवा शेरजंगबहादुर बस्नेतले बताउनुभयो । क्षेत्री समाज सिद्धार्थनगरका अध्यक्ष राजेन्द्र थापाले भैरहवा नगरमा छरिएर रहेका क्षेत्री समुदायका सबैलाई एकिकृत गर्दै क्षेत्री पोशाकमा…
